कला र साहित्यलाई ‘सफ्ट-पावर’को रुपमा विकास गर्ने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । सरकारले कला, साहित्य र संस्कृतिलाई ‘सफ्ट-पावर’को रुपमा विकास गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन् ।

उनले सम्बोधनका क्रममा भने, ‘नेपालको पर्यटन, संस्कृति, पर्यावरण र सामाजिक जीवनलाई प्रवद्र्धन गर्दै आकर्षक पर्यटन गन्तव्य बनाउने नीति लिइनेछ । नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा रहनसहन, चाडपर्व, रीतिरिवाज, परम्परा र वेशभुषा एवं प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई सफ्टपावरको रुपमा विश्वसामु प्रस्तुत गरिनेछ ।’ आर्थिक वर्ष ०७८/०७९ को बजेट भाषणको पूर्वसन्ध्यामा सरकारका नीति तथा कार्यक्रम पढ्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।