आलिया भट्ट अक्षय कुमार बन्न चाहन्छिन !



एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१३ मा करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट फिल्म उद्योगमा धमाकेदार पाइला चालिन् । यो फिल्मको सफलतापछि उनले एकपछि अर्को ठूलो फिल्ममा अभिनय गरिरहेकी छन् ।

हालका दिनमा आलिया फिल्मबाहेक रणवीर कपूरसँगको अफेयरका कारण पनि चर्चामा छिन् । आलियाले आफ्नो करियरमा कैयौं ठूला स्टारसँग अभिनय गरिसकिन् । तर सायद कमैलाई मात्र थाहा होला कि आलिया अभिनेता अक्षय कुमारको ठूलो फ्यान हुन् ।

अक्षय र आलियाले एकसाथ हालसम्म कुनै फिल्ममा अभिनय गरेका छैनन् । तर आलिया अक्षयको जीवनबाट निकै प्रभावित छिन् । केही वर्ष अघि उनलाई एक अन्तरवार्तामा ‘बिहान उठ्दा तपाईं कोही पुरुष अभिनेता बन्नुभयो भने को बन्न चाहनुहुन्छ’ भनी सोधिएको थियो ।

जसको जवाफ उनले अक्षय कुमार भनेर दिएकी थिइन् । आलियाले अक्षय चाँडै उठ्ने र चाँडै सुत्ने बानी भएको अभिनेता भएकाले उनको जीवन आफूलाई सानदार लाग्ने बताएकी थिइन् ।

कामको कुरा गर्दा आलिया फिल्म ‘आरआरआर’मा अजय देवगनका साथ देखिँदैछिन् । उनि अभिनित सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’ प्रदर्शनको क्रममा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.