भुवन केसीको ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्र)



काठमाडौं। चलचित्र ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलबाट पुरा चलचित्र सार्वजनिक गरिएको हो। राष्ट्रभाव, सामाजिक सन्देशसंगै द्धन्द्ध र कमेडीको समिश्रण रहेको चलचित्रमा देव भुषालको कथा, पटकथा तथा निर्देशन रहेको छ। चलचित्रमा अभिनेता भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेमराज दाहालको लगानी छ। विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिको आडमा हुने शोषण आदिलाई चलचित्रले प्रस्तुत गरेको छ।

निरज कँडेलको छायांकन, सुवास भुषाल र दिपक शर्माको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ। चलचित्रमा नव–अभिनेता साहिल श्रेष्ठ, नव–अभिनेत्री कुसुम राउत, सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल,रीमा विश्वकर्मा, कमलमणी नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.