रोबिन तामाङ बने हिन्दी सिरिज ‘दि लास्ट आवर’ मा भिलेन



काठमाडौं। रोबिन तामाङले अभिनय गरेको हिन्दी सिरिज अमेजन प्राइमबाट प्रसारणमा आएको छ । रोबिनले अमेजन प्राइमबाट प्रसारण हुने ‘दि लास्ट आवर’ मा अभिनय गरेका हुन्। ‘रबिन एन्ड दि रेभोल्युसन’ नामको ब्यान्डका भोकलिस्ट तामाङले नेपाली चलचित्र ‘छड्के’, ‘नाका’, ‘वन वे’ ,’मुखौटा’,’मेरो पैसा खोइ’ जस्ता चलचित्रमा भिलेनको भूमिका निर्वाह गरि सकेका छन्। यो सिरिजमा पनि उनि भिलेनको भूमिकामा देखिएका छन् । उनको लुक्स डरलाग्दो देखाईएको छ।

सुपर नेचुरल विधाको यो सिरिजमा तामाङ यामानाडु नामको तान्त्रिक बनेका छन् । भारतको उत्तरपूर्वी राज्यको सेटिङमा आधारित कथाको छायाँकन सिक्किम र मुम्बईमा भएको हो । सिरिजलाई अस्कर विजेता भारतीय फिल्ममेकर आसिफ कपाडियाले निर्माण गरेका हुन् । अमितकुमारको निर्देशन रहेको सिरिजमा संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनसँगै दुई दुई दर्जन बढी नेपालीमुलका सिक्किमेलीको अभिनय रहेको छ ।
तस्विर सिरिजबाट लिइएको हो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.