शिल्पा र प्रदीपको ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं। शिल्पा पोखरेल अभिनित दोस्रो भोजपुरी चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक गरिएको छ । शिल्पाले भोजपुरी स्टार प्रदीप पाण्डे चिन्टुसँग अनस्क्रिन रोमान्स गरेकी छन् ।

मित्रता र प्रेममा आउने उतार चढावको कथालाई प्रस्तुत गरिएको चलचित्रमा प्रदीपले ‘प्रेम’ र शिल्पाले ‘गीतको भूमिका निवार्ह गरेका छन् । भारत र नेपालको पोखरा आसपास छायांकन गरिएको चलचित्रलाई सोनु खत्रीले निर्देशन गरेका हुन् । चलचित्रमा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जित कुमार शर्मा, रोहित थापा लगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक सोनु खत्री स्वयंले सिनेमाको निर्माण गरेका हुन् । रत्नाकर कुमार प्रस्तुतकर्ता रहेको चलचित्र एवी मोहनक कथा, पटकथा तथा संवाद, हरी घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी, समिर मियाँको भिएफएक्स, रेनेश फागोको कलर, उमालाल यादवको शब्द रचना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.