मोडल रश्मीले गरिन् बिवाह



काठमाडौँ। मोडल रश्मी तामाङले प्रेमी अनिल राना मगरसँग बिवाह गरेकी छिन् । पछिल्लो समय मोडलिङ क्षेत्रबाट टाढा रहेकी रश्मीले यहि साता दुई पारिवारीक सदस्यका बिवाह गरेकी हुन् । उनको बिवाहमा कलाकारिता क्षेत्रका साथीहरुलाई निम्तो थिएन । बिवाह प्रेमी अनिलको घर गोर्खाबाट भएको हो ।

रश्मी अनिलसँग पछिल्लो एकबर्ष यता प्रेममा थिइन् । अनिल रश्मी भन्दा पाँचबर्ष कान्छा छन् । अनिल २५ बर्षका पुगे भने रश्मी ३० बर्ष पुगेकी छिन् । रश्मीले प्रेममा जात, धर्म, उमेर नहेरिने बताइन् । ‘हामी प्रेममा रहेको धेरै समय पनि भएको छैन । एकअर्काको मन मिल्यो, त्यसमा कुनै जात वा उमेरले छेकेन,’रश्मिले भनिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.