गायक तथा मोडल प्रकाश सपुतलाई कोरोना संक्रमण



काठमाडौँ। गायक तथा मोडल प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’

उनले, कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न पनि आग्रह गरेका छन् । उनले, लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ भनेर पनि उल्लेख गरेका छन् । यो महामारी चाडै नै टरेर जाने र जीवनको पुरानै लयमा फर्किने आशा पनि प्रकाशले व्यक्त गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.