निफका सबै कार्यक्रम अनलाइनमा



काठमाडौँ। नेपाल चलचित्र तथा सान्स्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आईरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘नीफ’ को चौथो प्रतिष्ठानले नियमित भएको भए गत फागुनमै हुनुपर्थ्यो तर कोरोना महामारिको कारणले गर्दा अनलाइन नगरनेर फिजिकल नै गर्ने उदेस्यले बैशाखको२३ -२७ सारेता पनि यो समयमा झन कोरोना सन्क्रमण बढ्न थाले सँगै सरकारले लकडाउन गरेपछी यस्का सम्भब भए सम्मका गतिबिधी अनलाइन गर्ने र चलचित्र प्रदर्सन नेटटिभीबाट निर्णय भएको यस महोत्सबका अध्यक्ष केपीपाठकले बताए ।

‘विश्वका कथाहरुको उत्सब’ भन्नेनाराकासाथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई छुट्टै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनिवितरण गरिने आयोजकको भनाई छ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५सय अमेरिकी डलर राशि सहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ। यसैगरि सर्वोत्कृष्ट बृत्तचित्रलाई १हजार डलर राशिको माउन्ट एभरेष्टअर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ।नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १लाख,उत्कृष्ट सर्ट फिल्मलाई नगद रु५०हजार र फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक,छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.