चलचित्र ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक (भिडियो)



काठमाडौं । चलचित्र ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक गरियको छ। ‘रुन्छनि मेरो मन’ बोलको गीत बुढासुब्बा युटुब च्यानल मार्फत सार्वजनिक गरियको हो। शिव मुखियाको संगीत रहेको गीतमा राजेश पायल राई र सत्यकला राई को स्वर रहेको छ। भिडियोमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत फिचरिङ छ्न शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल सलोन बस्नेत रुबिना थापा राजीवजंग बस्नेतकोेे, अभिनय रहेको छ। पारिवारिक कथामा निर्माण भएको चलचित्रलाई नवराज गिरिले निर्माण गरेका हुन्।

चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको शब्द र रामजी राउतको मुख्य सहायक निर्देशन,रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.