सलमानको ‘राधे’ ट्रेलर सार्वजनिक (भिडियो)



एजेन्सी । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ लाई यसवर्ष इदमा नै रिलिज गर्ने भएका छन् । सलमानले सामाजिक सञ्जाल मार्फत फिल्म घोषणा अनुरुप इदमै रिलिज हुने जानकारी दिएका छन् । केहि दिन यता भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि लकडाउन तथा कर्फ्युको अवस्था केहि प्रान्तमा रहेता पनि फिल्म घोषित मिती १३ मेमै आउने बताईएको छ ।

फिल्म आउने तय भएपछी ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सलमानको स्टारडमलाई देखाईएको छ । ट्रेलरमा एक्सन अवतारमा सलमान प्रस्तुत भएका छन् । फिल्ममा सलमानसँगै रणदीप हुदा, दिशा पटानी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्म हलसंगै ओटीटी प्लेटफर्ममा पनि प्रदर्शनमा आउने छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवाले नै निर्देशन गरेका छन् । प्रभुदेवाले पछिल्लो समय सलमानकै फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.