गीतकार उपाध्यायले राखे ५१ विश्व रेकर्ड



काठमाडौँ । गीतकार डा. धर्मराज (​डिआर) उपाध्यायले गीत-संगीतका विभिन्न विधाबाट ५१ विश्व रेकर्ड राख्न सफल भएका छन् । यसअघि गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा रेकर्ड बनाएका उनले सोमबार थप १९ विधामा नयाँ रेकर्ड कायम गर्दै ५१ विश्व रेकर्ड पुर्याएर विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने व्यक्तिको सूचीमा आफूलाई पनि उभ्याएका हुन् ।

सोमबार राजधानीमा आयोजित एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार डा. उपाध्यायलाई १९ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे । यस पटक उनले अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बंगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट बुक गरेर १९ फरक विधामा विश्व कीर्तिमान कायम गरेका हुन् ।

डा. उपाध्यायले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्येक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ वल्र्ड रेकर्ड बनाएका हुन् ।

यस्तै ५५ वटा फरक फरक फुलको नाममा गीत लेखेर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत बनाए समेत रेकर्ड बनाएका छन् ।

उनले ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर समेत कीर्तिमान हात पारेका छन् । कार्यक्रममा उपाध्यायको विश्व कीर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीति संग्रह सपनाको महल, धडकन, धर्ती र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकार्पण समेत गरेका थिए ।

सोही अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले गीत-संगीतमा ५१ वटा विश्व रेकर्ड राख्ने उपाध्याय विश्वकै विरलै श्रष्टाहरुमा पर्ने बताए । देशलाई चिनाउन डा. उपाध्यायले गरेको यो कार्यको जति प्रशंसा गर्दा पनि कमै हुने उनको भनाई रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.