‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ जेठ २२ गते पोखरामा हुने



काठमाडौँ। ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को आयोजना जेठ २२ गते पोखरामा हुनेछ । दुवई, युरोप र अष्ट्रेलियामा समेत आयोजना हुने फेसन शो सभ्य र भव्य बनाउने सञ्चालक सन्तोष अधिकारीले बताए ।

‘हेरिटेज अफ फेसन नेपाल सिजनको २’को हाल धमाधम तयारी भैरहेको छ । शोका आयोजक सन्तोष अधिकारी अष्ट्रेलियाको सम्पुर्ण तयारी सकेर नेपाल फर्किसकेका छन् । उनले नेपालमा समेत दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागीतामा उत्कृष्ट कार्यक्रम गरिने बताए ।

उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागीता रहनेछ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागीएको हो । यसअघि मार्च १५ मा आयोजना हुने भनिएको कार्यक्रम कोरोनाका कारण केही ढिला भएको बताए ।

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को लागि केही दिन पहिले काठमाडौंमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, संन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के खनाल, देव कुमार श्रेष्ठ, रंगपत्रकार प्रकाश सुवेदी, मेघा मोडल सिजन ४ विजेता पुजा बराल लगायतका थुप्रै मोडलको सहभागीता रहेको थियो ।

‘मिट एण्ड ग्रीट’ कार्यक्रममा उपस्थीत अतिथिले कोरोना जोखिम बढ्दै गर्दा पनि रिक्स लिएर नेपाली सिनेमा क्षेत्र र फेसन दुनियाँलाई चलायमान बनाउन चुनौती मोल्न तयार रहेको भन्दै आयोजक संस्था असाप इन्टरटेनमेन्ट र सञ्चालक सन्तोष अधिकारीलाई धन्यवाद ज्ञापन गरे । सञ्चालक अधिकारी सह-निर्माता रहेका सिनेमा ‘आमा, घर’ रिलिज भैसकेका छन्, भने ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.