म्युजिक भिडियो सिण्डिकेट


nisha_sunar_ktm
(सेलिब्रेटी नेपाल) बैशाख ३०-म्युजिक भिडियो बजाउन टेलिभिजनपिच्छे सिण्डिकेट रहेको भुक्तभोगीहरूको भनाइ छ। कान्तिपुर टेलिभिजनको सांगीतिक कार्यक्रममा भिडियो प्रसारण गर्नुछ भने त्यहींका निर्देशकहरूलाई भिडियो बनाउन दिनुपर्ने एक गायक बताउँछन्। उनका अनुसार,त्यहाँ म्युजिक भिडियो बनाउने एक दर्जन निर्देशक छन्। “अरूले बनाएको म्युजिक भिडियोले कान्तिपुर टिभीमा ‘इन्ट्री’ पायो भने त्यो भाग्यमानी ठहरिन्छ” ती गायक भन्छन्।

गायक/गायिकाहरूका अनुसार, अरू टिभीहरूमा पनि सात जनासम्म भिडियो निर्देशक छन्। उनीहरू एउटा गीतको भिडियो बनाउन रु.१ लाखदेखि साढे दुई लाखसम्म लिन्छन्। अरूले बनाएको भिडियो प्रसारण नै नगरिदिने भएपछि धेरैजसो गायक/गायिका उनीहरूले भनेको मान्न बाध्य छन्। रेडियो–टिभीका आरजे–भिजेहरू आफूलाई उस्तो ‘भाउ’ नदिने स्थापित गायक/गायिकाका राम्रा गीत/भिडियो प्रसारण गर्नुपर्दा ‘मरेतुल्य’ हुन्छन्। गायिका लोचन भट्टराई आफूहरूको त के प्रेमध्वज प्रधान, फत्तेमान, अम्बर गुरुङहरूका गीत समेत हत्तपत्त नबज्ने बताउँछन्। यो प्रवृत्तिबारे बोल्न भने कोही मान्दैनन्। भट्टराई भन्छिन्,“सबैलाई यही क्षेत्रमा टिक्नुछ, अनि कसरी बोल्छन् त ?”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.