रेस्लर तथा कलाकार अस्मिताको समुहले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने



काठमाडौं । रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले नयाँवर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएका छन् । यो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

रेस्लर तथा कलाकार जुरेलीका अनुसार प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरको सहभागिता हुनेछ । ‘प्रतियोगितामा यी देशका झण्डै १५ रेस्लर सहभागी हुँदैछन् । अहिलेको कोभिडको विषम परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौं’, अस्मिताले भनिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.