‘डाँडाको बरपीपल’ मा सलोन र रुबिनाको जोडी



काठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बरपीपल’ बन्ने भएको छ। शोभित बस्नेतको निर्देशनमा बन्ने चलचित्रको आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुनेछ । चलचित्रमा सलोन बस्नेत र रुविना थापा मुख्य भूमिका रहनेछ ।

चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गराचको पनि अभिनय रहनेछ । निर्देशक शोभितले चलचित्र पारिवारिक कथामा बन्ने बताए ।

चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ । चलचित्र काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा खिचिने निर्माण टिमले बताएको छ ।