‘राम्रो म’ बनाउदै सिपि पुडासैनी ‘धतुरे’



काठमाडौँ। लामो समय देखि नेपाली हाँस्य व्यंगमा सक्रिय रहेका हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी ‘धतुरे’ ले चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँ टेलिश्रृंखला राम्रो ‘म’ बनाउने भएका छन् । ‘धतुरे’ पात्रको नामले चिनिएका सी पी पुडासैनीले यस अघि पनि हाँस्य टेलिश्रृंखला हरु ‘के जमाना आ’ (नेपाल टेलिभिजन) , ‘क्या जमाना आ’ (एपि वान एच डि) , ‘हे सिटामोल’ ( नाइस टेलिभिजन) मा लेखन/निर्देशन गरिसकेका छन ।

माता पिता प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण हुन लागेको यस हाँस्य टेलिश्रृंखलामा कलाकारहरु रामचन्द्र अधिकारी , केशब सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल,सोनाम लामा , रुपेश मण्डल, सिताराम श्रेष्ठ , सानु बोगटी , दिपु खड्का र प्रमोद खनाल लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय रहनेछ ।

हाँस्य टेलिश्रृंखला ‘राम्रो’म’ को शिर्ष गीत तयार भएको छ । गीतमा राजेश पायल राईको स्वर , शब्द प्रकाश पुञ्ज र संगीत शशी बिक्रम थापा रहेको छ । बैशाखको अन्तिम साता प्रसारणमा आउन लागेको हाँस्य टेलिश्रृंखलाको टेलिभिजन पार्टनर भने फाइनल नभइसकेको तर युट्युब भने चिरञ्जीवी प्रसाद पुडासैनी च्यानल रहेको सिपिले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.