ऋषिराजको ‘चुरीफुरी’ असोज १ मा



काठमाडौं । समसामयिक हास्य कथामा निर्माण गरिएको चलचित्र ‘चुरीफुरी’ २०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ । निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजिक सञ्जालमा चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति खुलाएका हुन् ।

फर्स्टलुक पोस्टरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठका साथमा डेब्यु अभिनेत्रीहरु पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङसँगै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी) र सुरवीर पण्डित छन् ।

चलचित्रमा उनीहरुका साथमा ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठक लगायतका कलाकारले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको चलचित्रमा राहुल राईको छायांकन छ । विमला भुसाल, राजेन्द्र खाती र शिव थापा सहनिर्माता रहेको चलचित्रका गीतमा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनीशा पौडेलको स्वर छ ।

भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रमा विजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ । चलचित्रले भरपुर मनोरञ्जनका साथै युवावर्गलाई सन्देश पनि दिने दावी निर्देशक आचार्यको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.