गायिका, मोडल तथा सञ्चारकर्मी सरिताको जन्मदिन आश्रममा



काठमाडौं । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले हास्य अभिनेता सुलेमान शंकर ‘इकु’ले सञ्चालन गरिरहेको स्नेह आश्रम र गोकर्णमा रहेको संयुक्त अपांग केन्द्रमा आफ्नो जन्मदिन मनाएकी छन् ।

काठमाडौंको मुलपानीमा रहेको इकुको आश्रममा आश्रित १४ जना बालबालिका र केन्द्रका ४५ बालबालिकासँग जन्मदिन मनाएकी हुन् । यी दुबै आश्रममा रहेका बालबालिकालाई खाना खुवाएर उनीहरुसँग गीत गाउँदै, नाच्दै रमाईलो गरेर जन्मदिन मनाइन् । दुवै आश्रममा केही आर्थिक सहयोग पनि गरिन् ।

गायिका सरिताले विगत चार वर्षदेखि काठमाडौंको कीर्तिपुरस्थित मायाघर, एचआईभी संक्रमित बालबालिका आश्रमका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी थिइन् ।

कोरोना संक्रमण र लकडाउनका कारण आश्रम चलाउन गाह्रो परेको बेला गायिका स रिताले एक दिन खाना खुवाएर आर्थिक सहयोग गर्दा आफुलाई केही राहत भएको शुलेमानले बताए ।

संयुक्त अपांग केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले पनि बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकोमा खुसी व्यक्त गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.