बन्ने भो चलचित्र ‘हामी तीन भाइ’



काठमाडौँ। चलचित्र ‘हामी तीन भाइ’ को अनौपचारिक घोषणा गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी अनुबन्धित भएका छन् भने अन्य कलाकारहरुको छनोट हुन बाकि रहेको छ। डेढ दशक अगाडी चलचित्र ‘हामी तीन भाई’ को निर्माण भएको थियो, जसमा लेखन निर्देशन स्व. शिव रेग्मी रहेको थियो।

प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘हामी तीन भाइ’ लाई साजित महतले निर्माण गर्ने भएका छन। चलचित्रमा द्वन्द हिमाल केसी , छायांकन नरेन्द्र कुमार सिंह , संगीत श्याम कृष्ण मानन्धर , लेखन मनिष गौतम र रिवाज दाहाल , स्वर रुपक डोटेल र नितु पौडेलको रहेको छ। गीतकार उत्तम सेढाई, मुख्य सहायक निर्देशक बिनय पौडेल र राम्जी राउतको रहनेछ । पारिवारिक कथामा बन्न लागेको चलचित्रका कार्यकारी निर्मातामा बिक्रम तामाङ रहेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.