दशैं को अबसर छोपेर ४ चलचित्र रिलिज


सेलेब्रिटी नेपाल कार्तिक ३ – नेपाली हरुको महान चाड दशैं को अबसर छोप्दै आज शुक्रबार चार नेपाली चलचित्र रिलीजमा आएका छन् । चलचित्र हुन् लुट कम्पनी, सो सिम्पल, के म तिम्रो साथी बन्न सक्छु र धुँवा यो नसा । यी चलचित्र मध्य धुँवा यो नसा र के म तिम्रो साथी बन्न सक्छु उपत्यकाबाट मात्र रिलीजमा आउन लागेको हो भने सो सिम्पल उपत्यका बाहीर बाट मात्र प्रर्दशनमा आउन लागेको छ भने लुट कम्पनी देशभरका हलहरुबाट प्रर्दशनमा आउने छ । सो सिम्पललाई शिब रेस्मीले निर्देशन गरेका छन् भने धुवा यो नसालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन। त्यस्तै के म तिम्रो साथी बन्न् सक्छु सबिर श्रेष्ठको निर्देशनमा तयार भएको छ । लुट कम्पनीलाई सुरज चन्द ठकुरीले निर्देशन गरेका छन् ।


सो सिम्पल पुराना निर्माता केसब भट्टराईले निर्माण गरेको चलचित्र हो । कलेज पढ्ने बिद्यार्थीले गर्ने माया प्रेम र त्यस बाट निस्कने परिणमलाई चलचित्रका मुख्य बिषय बस्तु बनाईएको यसै चलचित्र बाट प्रमोद भारद्धज र भावना रेग्मीले नायक नायकिाको रुपमा डेब्यू गरेका छन् । यी दुबैको अलवा राजवल्लभ कोइराला, अशोक शर्मा, श्वेता भट्टराई, सुशिल पोखरेल, निर्मल शर्मा, रश्मी भट्ट लगायतको अभिनय चलचित्रमा रहेको छ । प्रदीप भारद्वाजको कथा र दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा हिमाल के.सीले द्धोन्द निर्देशन गरेका छन् । चलचित्र कार्त्तीक १० बाट उपत्यका भित्र प्रर्दशन हुने निर्माता केसब भट्टराईले जानकारी गराए ।

धुवाँ यो नशा लागुपदार्थ दुव्र्यसनीमा फसेका युवाहरुको बास्तबिकतालाइ कथामा उतारीयको छ । राम प्रसाद रिजालको निर्माणमा तयार भएको चलचित्रमा आर्यन सिग्देल र निशा अधिकारीको जोडीको रोमान्स लाई पर्दामा उतारीएको छ । निर्देशक लक्ष्मण् रिजालकै लेखन रहेको चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका छन् । लोचन घिमिरेको संगीत र अष्ट महर्जनको द्धोन्द यस चलचित्रमा समेटिएको छ भने नृत्य निर्देशन शिव विकले गरेका छन् ।

महिला निर्माता कृषा चौलागाईले निर्माण गरेको चलचित्र के म तिम्रो साथी बन्न सक्छु काठमाडौको मल्टिप्लेक्स लगायत मोफसलका ३० वटा हल हरुमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएको छ । पारिवारिक एवम् माया प्रेमको विषयमा आधारित यस चलचित्रमा आर्यन सिग्देल र दिप्ती गिरीको मुख्य अभिनय रहेको छ । दिप्ती यसै चलचित्र बाट नेपाली नायिकाको रुपमा डेब्यू गरेकी हुन् । शिवम् अधिकारीको कथा, दिनेश सुनाम संगीत दिएका छन् । चलचित्रमा समन अधिकारीले नृत्य निर्देशन गरेका छन् ।