३० मिनेटको आठ करोड पारिश्रमिक


shahrukh-khan
बलिउड अभिनेता शाहरुख खानले एक नृत्यका लागि आठ करोड पारिश्रमिक लिएका छन्। दुबईमा आयोजित एक बिवाह समारोहमा नाच्नका लागि शाहरुखलाई ८ करोड भारु दिइएको बताइएको छ ।गत बिहीबार दुबईको मेडिनाट जुमैराह होटलमा ३० मिनेट नाच्नका लागि शाहरुखले ८ करोड लिएका थिए। दुबईमा शाहरुखको कार्यक्रमको व्यवस्थापन गर्ने राशिद सैयदका अनुसार बिवाह समारोहका लागि नाच्न अहमद हसिम खुरी नामक व्यक्तिले दिएका थिए।

दुईवर्ष अघि शाहरुखले यस्ता कार्यक्रमका लागि ४ करोड पारिश्रमिक लिने गर्थे । तर, शाहरुख चिनेजानेका व्यक्तिको निमन्त्रणामा मात्र यस्तो कार्यक्रम सहभागी हुने बताइएको छ। गत वर्ष शाहरुखलाई २५० निम्ता आएपनि उनले १० वटा कार्यक्रममात्र स्वीकार गरेका थिए। शाहरुखलाई ३० मिनेटका लागि ८ करोड दिन तयारहुने खुरी रियलस्टेट तथा विमान सन्चालक हुन् ।हाल खुरी एस्पिन होल्डिड एलएलसी नामक कम्पनीका चेयरम्यान हुन्।