निताले बनाउने भईन् वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’



काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्माण तथा निर्देशन रहने वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका वीच वेव सिरिजको घोषणासँगै सांगीतिक टिम पनि सार्वजनिक गरिएको हो ।

नीता फिल्मस्को दोश्रो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको वेव सिरिजमा शित्तल गिरीको शब्द, पुष्पन प्रधानको संगीत तथा स्वर रहनेछ । कार्यक्रममा बोल्दै नायिका नीता ढुंगानाले नेपालमा पहिलो पटक भन्न लागेको ‘श्रीमद्धभागवद् गीता’को सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पाटो मात्र समावेश हुने पत्रकार सम्मेलनमा नीताले बताइन् ।

कार्यक्रममा बोल्दै गीतकार तथा संगीतकार पुष्पन प्रधानले गीताको सार अनुसार संगीत तयार पार्ने बताए । गीतामा रहेको ७०० श्लोकबाट ४५ भागको सिरिज निर्माण हुनेछ । वेव सिरिज कोरियोग्राफी रामजी लामिछाने सम्पादकमा वनिष शाह रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.