इन्दिरा र आस्थाले नमानेपछि दुर्गा खरेल


durga kharel
(सेलिब्रेटी नेपाल) २९ बैशाख-
गुन्यु चोली छाडेँ मैले मिनी स्कर्ट लाएँ
रोधी घर छाडेँ मैले डिस्को क्लब धाएँ
चलचित्र राहदानीका लागि चेतन सापकोटाले संगीत तयार गरेको यो गीत गायिका आस्था राउत र इन्दिरा जोशीले गाउन नमानेपछि दुर्गा खरेलले गायकी छन् ।डब्बु क्षत्रीले लेखेको यो गीत गायिका दुर्गा खरेलको स्वरमा शुक्रबार काठमाडौंको पुतलीसडकस्थित आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।गीत आफूले सोचेभन्दा निकै राम्रो भएको दुर्गाले बताइन् । उनले भनिन्, ‘अब आइटम गायनलाई निरन्तरता दिन्छु ।’

दुर्गाले गाएको यस गीत अश्लील भयो भन्दै जोशीले नगाउने घोषणा गरिन् । यो मात्र होइन, अब चलचित्रको आइटम गीतसमेत नगाउने जवाफ इन्दिराले दिएको संगीतकार चेतन सापकोटाले बताए । गीतलाई अश्लील भयो भन्दै गाउँदिन भन्दा आफूलाई अचम्म लागेको संगीतकार सापकोटाले बताए । रमाइलो प्रसंगचाहिँ के छ भने, उद्रेको चोली..आइटम गीत गाउनकै लागि उनी यतिबेला विदेश यात्रामा जाँदै छिन् ।

अर्की गायिका आस्था राउतले पनि आइटम गीत नगाउने बताइन् । संगीतकार सापकोटाका अनुसार आइटम गीत गाउँदा उनलाई घरबाट बा–आमाले निकालिदिन्छन् । सालको पात… रिमेक गाउँदासम्म गायनमा आस्थाको परिचय थिएन । करिब दर्जन सिनेमामा आइटम गीत गाएपछि उनी गायिकाका रूपमा परिचित भइन् ।चलचित्र राहदानीको जेठ ६ गतेबाट मोफसलबाट छायांकन सुरु हुँदै छ ।