शैक्षिक मेलामा देखियो उपासनाको क्रेज



काठमाडौँ। पछील्लो समय अभिनेत्री उपासना सिंह ठकुरीको नेपाली चलचित्रमा माग बढ्न थालेको छ । चलचित्र क्याप्टेनबाट नेपाली चलचित्रमा प्रबेश गरेकी उपासना सिंह ठकुरीको यतिबेला चलचित्रमा मात्र नभएर बिभिन्न क्षेत्र र बिधाहरूको ब्राण्ड एम्बेस्डरको रूपमा पनि ब्यस्तता बढ्न थालेको छ । कहिले स्कुटरको त कहिले बैंक त कहिले खाद्य बस्तुको ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त हुंदै कलाकारितालाई अगाडि बढाई रहेकी ठकुरी पछील्लो पटक ब्राण्ड एम्बेसेडर भएको सस्था हो ऐजुकेसन एण्ड माइग्रेसन कर्नर ।

यसैबिच लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले शुक्रबार आफ्नो कार्यालयमा एक शैक्षिक मेलाको कार्यक्रमको आयोजना गर्यौ । यो मेलाको आकर्षण थिइन अभिनेत्री उपासना सिंह ठकुरी । मेलामा सहभागि हुन आएका बिध्यार्थीहरूले उपासनासंग कलाकारिता र शिक्षाको बारेमा निकै छलफल गरेका थिए -‘ उहांहरूसंगको भेटघाट मेरो पनि नयां अनुभव थियो । उच्चशिक्षा हांसील गर्न बिदेश जान चाहने बिध्यार्थीहरूसंगको छलफल फलदायी रह्यो -‘ उपासनाले भनिन् ।

मेला उच्चशिक्षा हांसील गर्न अष्ट्रेलिया, यू के र क्यानडा जान चाहने बिध्यार्थीहरूको हितका लागि आयोजना गरिएको जानकारी दिइएको थियो । शैक्षिक मेला कर्नरको पुतली सडक शंकरदेब कलेजसंगै रहेको कार्यालयमा आयोजना गरिएको थियो -‘ उच्चशिक्षा पढ्न बिदेश जान चाहेता पनि सही जानकारी नपाएका कारण अलमलमा परिरहनु भएका बिध्यार्थीहरूको हितका लागि यो मेला आयोजना गरिएको हो -‘ कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए । उनका अनुसार मेलामा बिभिन्न कलेज र यूनिर्भसिटीका प्रतिनिधिका साथै शैक्षिक लोनका लागि बिभिन्न बैंकका प्रतिनिधि र आइ डि पी आरका प्रतिनिधिहरुबाट भरपूर जानकारी प्राप्त गरेका थिए ।मेलामा अफर लेटर र उच्चशिक्षा हांसिल गर्न बिदेश जान खोजे पनि दोधारमा परेका बिध्यार्थीहरूलाई भरपूर जानकारी उपलब्ध गराइएको थियो ।