म्याथ सिक्ने इंग्लिश सिक्ने के के मात्र सिक्ने…. धेरै विद्यार्थीको मुखमा


(सेलिब्रेटी नेपाल) २९ बैशाख-आगामी जेठ २४ गते रिलिज हुन लागेको चलचित्र नेपथ्यको फर्स्ट लुक प्रोमो लाई दर्शक तथा अन्य चलचित्र समिक्षक हरुले राम्रो प्रतिक्रिया दिएका छन्। आदित्य वुढाथोकी, मानव सुवेदी, विल्शनविक्रम राई, रेम बीक, सोना तिम्सिना, रवी गिरी, शिशिर खरेल, एमएस अग्रज, रश्मी भट्टलगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘नेपथ्य’ छन् । फिल्ममा दर्शकले नायिका सुष्मा कार्कीको मस्त जवानी बोलको गीतमा गरेको हट आइटम नृत्य हेर्न पाउनेछन् भने प्रियंका कार्की, सुनिल थापा, सुर्जनी केसी, सुबास कोइरालालाई फिल्ममा विशेष भूमिकामा देखिनेछ ।
nepathya poster
युवाले बनाएका विविध सपना पुरा गराउनका लागि नेपथ्यमा हुने आरोह अवरोहलाई मूल कथा बनाएर तयार पारिएको निर्देशक रामराजा दाहालले बताएका छन्। कसम हजुरको,गुरु दक्षिणा जस्ता चलचित्र निर्देशन गरि सकेका निर्देशक राम राजा दाहालको क्यारियरमा सबै भन्दा राम्रो चलचित्र बनेको दाहाल स्वीकार गर्छन।
नेपाल र अष्ट्रेलियामा सुटिङ गरिएको चलचित्रमा सुभाषसिंह बस्नेतको लेखन, मानव सुवेदीको संगीत, स्वर र शब्द, गम्भीर बिष्टको नृत्य, बाबु बलामीको द्वन्द्व, सुसन प्रजापतिको छायांकन रहेको छ । प्रोमोमा विल्सनले बोलेको म्याथ सिक्ने इंग्लिश सिक्ने के के मात्र सिक्ने भन्ने डाइलग धेरै विद्यार्थीको मुखमा झुन्डिन थाली सकेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.