पल र सरोजको चलचित्रमा सहकार्य होला त ?



काठमाडौँ। सरोज ओली गायक र म्यूजिक भिडियो निर्देशकको रुपमा परिचित नाम हो । ‘माछीले खाने’ गीतले दर्शकमाझ गायकको रुपमा चिनिएका उनले दर्जनौं म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । उनले अब चलचित्र निर्माणमा हात हाल्ने भएका छन् । उनले आफ्नो फेसबुकमार्फत् यसको जानकारी दिएका हुन् ।

उनको प्रोडक्सन कम्पनी शुभ मिडियाको ब्यानरमा चलचित्र निर्माण हुनेछ । अर्को हप्ता कलाकारसहित चलचित्रको औपचारिक घोषणा गरिने जानकारी दिएका छन् । चलचित्रको निर्देशन भने उनी आफैंले नगर्ने भएका छन् । थुप्रै म्यूजिक भिडियो र चलचित्रका गीतमा कोरियोग्राफी गरिसकेका विक्रम स्वारले चलचित्र निर्देशनको जिम्मेवारी पाएका छन् ।

६ महिनापछि छायांकनमा निस्कने बताइएको चलचित्रका लागि मुख्य नायकमा पल शाह हुने चर्चा छ । लकडाउनपछि निर्देशक ओलीले पललाई लिएर थुप्रै म्यूजिक भिडियोमा काम गरे तर पछिल्लो केहि महिना सरोजको भिडियोमा पल देखिएका छैनन् । अब पल र सरोजको सहकार्य चलचित्रमा होला कि नहोला समयले नै बताउने छ। हाल चलचित्रको टिम स्क्रिप्टलाई फाइनल गर्ने काममा लागि रहेको छ ।