नेप्सिनेको प्रविधिले युटूब आम्दानी बढ्ने



काठमाडौँ। नेप्सिनेले नेपाली संगीतको क्षेत्रमा पारदर्शी ढंगले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा नेपाली गीतको प्रकाशन गर्दै पछिल्लो समयमा विकसित प्रविधि मार्फत व्यवस्थापन र वितरण समेत गर्दै आइरहेको छ । अब यस कम्पनीले संगीत धनीका लागि अधिक आम्दानी संकलनको योजना अन्तर्गत यसको वितरण प्रणालीमा “अलाउ लिष्ट” क्षमता थप्दै छ।

यस कार्यक्रम अन्तर्गत, नेप्सिनेका प्रयोगकर्ताहरू जस्तै ध्वनि रेकर्डिङ मालिकहरू वा तिनीहरूका प्रतिनिधीहरुले अब युटूब कन्टेन आईडी प्रणाली प्रयोग गर्न सक्नेछन् । यसको प्रयोगबाट संगीत धनीको आधिकारिक च्यानलमा कुनै असर नपर्ने गरी सबै अनाधिकृत रुपमा अपलोड भएका सामग्रीहरूको युटूब इकोसिस्टममा मोनिटाइज गर्न सक्छन् । “अलाउ लिष्ट” सिष्टम युटूब च्यानल वा युट्यूबमा लिंक व्हाइटलिस्ट गर्ने एक विशेष उपकरण हो जसलाई नेप्सिनेले व्यवस्थापन गर्दै आफ्ना सदस्यहरुलाई यो सुबिधाबाट लाभाम्बित गराउने छ । यस प्रणालीले पहिचान गरिएको च्यानल वा सामग्री स्वामित्व दाबी बाट सुरक्षित गर्दछ र यसले पहिचान गरिएको सामग्री बाहेक अन्य अनाधिकृत सामग्रीलाई स्वामित्व दाबी गर्नेछ । यो प्रणाली संगीत धनीले युटूबमा राखिएका आफ्ना सामग्रीहरुको सम्बन्धित अधिकार सुरक्षित गरी त्यसको मुद्रीकरण गर्न प्रयोग गर्न मिल्ने सबैभन्दा शक्तिशाली उपकरण मध्य एक हो । यो प्रणालीको प्रयोग अन्तर्गत संगीत धनीहरुलाई कुनै फारमहरू भर्नु नपर्ने, कुनै म्यानुअल दाबी प्रक्रिया गर्नु नपर्ने र कुनै उल्लंघनकर्ताहरू र यूट्यूब प्रशासनहरुलाई दाबी गर्नु नपर्ने सुबिधा प्रदान गर्ने हुदाँ तपाईको सम्पत्ति संरक्षण अब सहज हुने छ ।

संगीत धनीको युटूबमा भएको भिडियोको अनाधिकृत प्रयोग हुदाँ वाच आवर नपुगे पनि पूर्ण मोनिटाइज हुने हुनाले त्यसको आम्दानी समेत वास्तविक संगीत धनीले प्राप्त गर्नेछन् । जसको कारण संगीत धनिहरुको युटूबबाट आउने आम्दानीमा बढ्ने छ । यो सुबिधाको प्रयोग गर्न सर्जक र स्रष्टाहरुले फोन, ईमेल, वा नेप्सिनेको सामाजिक ह्यान्डल मार्फत सम्पर्क राख्न सक्ने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.