मोडल हन्ट नेपाल विजेता बने प्रविण र अनिशा



काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२१’ उपाधि प्रविण चापागाई र अनिशा शाक्यले जितेका छन् । काठमाडौँमा शनिबार सम्पन्न प्रतियोगितामा प्रविन पुरुष र अनिशा महिला तर्फको शिर्ष विजेता घोषित भएका हुन् । सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा वृहत्, स्तरीय एवं लोकप्रिय तथा स्थापित प्रतियोगिताको यो सिजन ६ हो । यो सिजनमा ३४ युवा एवं ३२ युवती वीच अपन्तमस्पर्धा भएको थियो ।

प्रतियोगिताको पुरुष तर्फ फस्ट रनर मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की भए भने महिला तर्फ श्रीयशी श्रेष्ठ फष्ट रनर अफ र परितोषिका पन्त सेकेन्ड रहनर अफ विजेता छानिए । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर ¥याम्प शो गर्दै सीप र कला प्रस्तुत गरेका थिए ।
ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि. एण्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।

यसैगरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानन्धर बेष्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनौट भएका थिए ।

आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, संचारकर्मी सुरज सिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल रहेको छ । रवि धमला र एत्ना पाण्डेको निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर तथा रोजिन शाक्य रहेका थिए ।

करिब पाँच साताको बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो । प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्डस्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.