अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो



काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायांकन डोल्पाको शे फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्। चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई फिचरिङ गरिएको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् ।

भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । अब, सिनेमाको १० दिनको छायांकन बाँकी छ । काठमाडौं र पोखरामा चलचित्रको छायांकन गरेपछि काम सकिने निर्देशक झरना थापाले बताइन् । सुनिलकुमार थापाको निर्माणमा बनिरहेको चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भुमिका छ । लभ स्टोरी चलचित्र आउँदो भदौ १८ गते देखि प्रदर्शन हुँदैछ । ‘

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.