धुलिखेलमा आदिवासी चलचित्रबारे कार्यशाला गोष्ठी सुरु



काभ्रे। नेपालका आदिवासी समुदायका चलचित्रकर्मीहरुको सहभागितामा धुलिखेल काभ्रेभञ्ज्याङ्गमा ‘आदिवासी चलचित्रमा प्रतिवद्धता सहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठी सुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको गोष्ठीको बुधबार औपचारिक रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गुरुङले समृद्ध नेपाल निर्माणमा कलाकर्मीहरुको महत्वपूर्ण भुमिका हुने बताए । “मुलुक समृद्धिको आधार तयार भईरहेको छ, यो अवस्थामा आदिवासीहरुको हिजोको जीवन र आजको जीवनमा के फेरबदल आयो ? उनिहरुको सामाजिक परिवर्तन,आर्थिक परिवर्तन,सांस्कृतिक परिवर्तनका पाटो बहस र छलफलमा ल्याउने,सकारात्मक सन्देश प्रवाह गर्ने काम तपाईं कलाकर्मीहरुले गर्दै आएका छन् ।”

आदिवासी चलचित्रकर्मीहरुको कामप्रति आफू सदैव सकारात्मक रहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सबै जातजातीको उन्नयन हुने खालको चलचित्र नीति,कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । गोष्ठीले आदिवासी समुदायमा सकारात्मक सन्देश लैजाने विश्वास व्यक्त गर्दै उहाँले गोष्ठीको निश्कर्षबारे आफू छिट्टै छलफलमा बस्न तयार रहेको बताए ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले आदिवासी जीवन र संस्कृतिको उठान आदीवासी चलचित्रको महत्वपूर्ण पाटो बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आदिवासी चलचित्रकर्मीहरुलाई पाखा लगाएर चलचित्र विकास बोर्ड अघि नबढ्ने बताए ।

महासंघका उपाध्यक्ष विकु थोकरका अनुसार गोष्ठीले आदिवासी चलचित्रको हिजो,आज र भोलीको भविष्यबारे गहन छलफल,विचार विमर्श गरी महत्वपूर्ण निचोड निकाल्ने र राज्यको समेत ध्यानाकर्षण गराउने काम गरिनेछ । शनिबारसम्म चल्ने गोष्ठीमा १५ आदिवासी भाषाभाषीका चलचित्रकर्मीहरुको सहभागिता रहेको उपाध्यक्ष थोकरले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.