‘सर्लाही स्वर्णिम सम्मान २०७७’ मा सर्लाहीका सेलिब्रेटीहरु सम्मानित



काठमाडौँ। बरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशका विभिन्न स्थानमा कर्मथलो बनाई विविध क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गरेको छ । बरहथवा नगरपालिकाले गत चैत्र ७ शनिबार ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ कार्यक्रम गरी सर्लाहीका दर्जनौँ कलाकार तथा पत्रकारलाई सम्मानित गरेको छ।

सम्मानित व्यक्तिहरूलाई टाएरगाढामा राखेर बरहथवा नगर परिक्रमा गराउने क्रममा समर्थकहरुले फोटो र सेल्फी खिच्नेको भिड संगै निखिल दाई हाही हाही भने नारा समेत लागएका थिए । हजरिया खेल मैदान सम्म ६ ओटा टायरगाढालाई सजाएर सम्पूर्ण कलाकार तथा पत्रकारलाई टायरगाढामा लगिएको थियो। कार्यक्रममा कवि/साहित्यकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, कलाकार निर्माता पवन मैनाली, निर्देशक प्रदीप भट्टराई, सम्झना उप्रेती रौनियार, पूर्णेन्दु झा र गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, यश कुमार, संगीतकार टीका बम्जन, रंगकर्मी विजय बराल, कलाकार शिवशंकर रिजाल, कविता नेपाली, राष्ट्रिय खेलाडी लेखनाथ मैनाली, रीता कार्की मैनाली, गंगा कुशवाह, पत्रकार दिवाकर मैनाली, सञ्चारकर्मी नरेश भट्टराई, प्रदीप कार्की, सरोज गिरि लगायत सम्मानित भए ।

नगरपालिकाका प्रमुख देवानन्द महतोले सर्लाहीमा जन्मिएर विविधि क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले भने, ‘उहाँहरूले हाम्रो सर्लाही जिल्लालाई अझै प्रसिद्ध बनाइदिनुभएको छ, आगामी दिनमा उहाँहरू आफू जन्मेको ठाउँको विकासका लागि योगदान गर्नुहुनेछ भन्ने आशा गरेको छु ।’ उनले नगरपालिकाले वार्षिक कार्यक्रममै स्रष्टा सम्मान कार्यक्रम राख्ने घोषणा गरे । ‘सर्लाही स्वर्णिम सम्मान’को संयोजन रंग पत्रकार नबिन गिरी स्थानीय युवा तथा सामाजिक अभियन्ता नविन यादवले गरेका थिए ।

सम्मान कार्यक्रममा कलाकारको क्रेज धेरै नै देखिएको थियो । अभिनेता निखिल उप्रेती, गायकद्वय शिव परियार र कमल खत्री तथा डान्स रियालिटी शो बुगी वुगीकी विजेता कविता नेपालीसँग तस्बिर खिचाउने र सेल्फी लिनेको भीड नै लागेको थियो । कार्यक्रममा नेपालकै चर्चित बाँसुरी बाधक बुद्ध लामाले बाँसुरी बजाएर आफ्नो प्रस्तुति देखाएका थिए । गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, शिवशंकर रिजाल, टीका बम्जनले गीत गाउँदा दर्शकहरू सँगसँगै आफु पनि नाचेका थिए।

रंग पत्रकार नबिन गिरी र युवा तथा सामाजिक अभियान्ता नविन यादवको संयोजनमा भएको सम्मान कार्यक्रममा काठमाडौंबाट पुगेका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति समेत दिएका थिए । कार्यक्रमले अगामी वर्षमा पनि निरन्तरता पाउने संयोजक नबिन गिरीले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.