‘अर्जुन रेड्डी’ नेपाली भर्सन सकियो अडिसन



काठमाडौँ। दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रीमेक बन्ने भन्ने कुराले नेपाली चलचित्र बजार राम्रै तातेको थियो । चर्चामा रहेको यो चलचित्रको अडिसन सम्पन्न भएको छ । अडिसनका लागी करिब दुई हजार जनाले इमेल पठाएको निर्माण पक्षले जनाएको छ त्यस मध्य ८०० जनालाई अडिसनको लागी बोलाइएको थियो ।

एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा निकै नै उत्साहजनक सहभागिता रहेको निर्देशक बिशाल सापकोटाले बताए । अब चाडै नै चलचित्रका लागी मुख्य कलाकारहरू फाइनल गरेर वर्कसप गरिने निर्माण पक्षले जनाएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई युवा फिल्म्सले निर्माण गर्दैछ ।

ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएको चलचित्रको नेपाली रिमेक बनाउने निकै चुनौती पूर्ण काम हो भने नेपाली चलचित्रलाई विश्व माझ पुर्‍याउने एक अवसर पनि हो । युवा फिल्म्सले यस अघि नेपाली चलचित्र कबड्डी , पुरानो डुङ्गा लगायतका चलचित्र यु.एस.एमा वितरण गरिसकेको छ । साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र ‘सफर’ निर्माण भइ सकेकोछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.