फिल्मी च्यानल ‘कान्तिपुर सिनेप्लेक्स’ को शुभारम्भ



काठमाडौँ। नेपालीे टेलिभिजन च्यानलहरुको भिडमा अर्को नयाँ च्यानल थपिएको छ। कान्तिपुर नेटवर्क अन्तर्गत ‘कान्तिपुर सिनेप्लेक्स’ को आज शुभारम्भ गरिएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आज यो टीभीको शुभारम्भ गरेका हुन् ।

काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाली चलचित्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरुको उपस्थितीमा टेलिभिजनको शुभारम्भ गरियो ।

टेलिभिजनको शुभारम्भ कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्य, नायक राजेश हमाल, भूवन केसी, कृष्ण मल्ल, संगीतकार शम्भुजित बास्कोटा, कलाकार सुनिल थापा, दीपकराज गिरी, केदार घिमिरे, नायिका निरुता सिंह, गौरी मल्ल, पूजा शर्मा, रेजिना उप्रेती, निर्देशक दीपाश्री निरौला, शोभित बस्नेत, सुदर्शन थापा लगायत पुगेका थिए । यस्तै, शुभारम्भ समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिती थियो ।

यो टेलिभिजनले घरमै बसेर नेपाली चलचित्र हेर्ने वातावरणको विकास गर्ने विश्वास व्यक्त गरिएको छ । टेलिभिजनमा नयाँ तथा पुराना नेपाली चलचित्र, चलचित्र सम्बन्धी गतिविधी प्रशारण हुनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.