‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)



काठमाडौँ। चैत्र २७ मा प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि दुई वटा गीत सार्वजनीक गरिसकिएको छ । ट्रेलर हेर्दा कृष्ण र लिलाको प्रेमकथामा चलचित्र घुमेको देखिन्छ।

रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो । नयाँ बर्ष ०७८ को अबसर पारेर प्रदर्शन गर्न लागीएको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र शिब ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्धन्द्ध,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । चलचित्रमा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्र,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित चलचित्रको बितरक पनि आरआर फिल्मस्नै हो ।