‘कमेडी च्याम्पियन सिजन २’ को ग्राण्ड प्रिमियर



काठमाडौँ। कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । काठमाडौंको छायाँ सेन्टरमा सिजन २ को पहिलो भाग देखाइएको हो ।

प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइयो । जज मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट सुरु गरिएको पहिलो भागमा टप २४ मा परेका ४ प्रतियोगीको प्रस्तुती देख्न सकिन्छ ।

प्रतियोगिताको सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिए । कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालले पनि पहिलो भागमा नै आफ्नो प्रस्तुति दिएका छन् । यी चारै प्रतियोगीको प्रस्तुतिलाई जजले राम्रो प्रतिकृया दिए । ‘कमेडी च्याम्पियन सिजन २’ को प्रशारण २१ फागुनबाट नै सुरु भएको थियो । तर, फिजिकल अडिसनबाट उत्कृष्ट २४ छानेपछि मात्रै ग्राण्ड प्रिमियर गरेको हो ।

यस वर्ष कमेडी च्याम्पियनमा सहभागि हुन ६ हजार भन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय २० जनालाई फिजिकल अडिसनका लागि बोलाइएको थियो ।

शोमा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज छन् । विशाल भण्डारीले निर्देशन गरेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपूर टिभीमा प्रशारण हुन्छ । त्योसँगै यसशोलाई ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।