चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न



काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका माननिय सुचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङ, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, प्रेस काउसिलका सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासंघका एसोसियट सचिव प्रकाश थापा र अतिथिमा चलचित्र क्षेत्रसंग सम्बन्धित संघसंस्थाका पदाधिकारीको उपस्थीति रहेको थियो ।

अध्यक्ष दिनेश सिटौलाले संघले चलचित्र पत्रकारिता गरिरहेका पत्रकारलाई संगठित गर्दै नेपाली चलचित्र, मनोरञ्जन र कला साहित्य क्षेत्रको प्रवद्र्धनका लागि सशक्त रुपमा कलम चलाउँदै आएको बताए । समग्र मनोरञ्जन क्षेत्रलाई मर्यादित र समाजसँग जोड्न चलचित्र पत्रकारले विशेष भुमिका खेल्दै आएको उनको भनाई छ ।

‘गत वर्ष सारा संसारलाई नै आक्रान्त पार्ने गरी सुरू भएको कोरोना भाइरस महामारीका कारण हाम्रो संघले योजना अनुसार काम गर्न नसके पनि हामीले केही कामहरू भने लकडाउन खुलेपछि गर्न सफल भयौं । कोरोनाले एक वर्षको समयमा सदस्य साथीहरूको स्तरवृद्धिका लागि योजना बनेर पनि गर्न नसकिएका कामहरू छिट्टै पूरा गर्ने र चलचित्र पत्रकार संघ नेपाल आफ्ना सदस्यहरुको हितको लागी निरन्तर लाग्दै चलचित्र मनोरञ्जन, कला साहित्य क्षेत्रको प्रवर्दनमा लागी रहने’, अध्यक्ष सिटौंला बताए ।

कार्यक्रममा संघका महासचिब समिर बलामीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रदीप कार्कीले वर्षभरी भएका आम्दानी र खर्चको विवरण सहितको आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए । चलचित्र पत्रकार संघ नेपालको २१ औं साधारण सभामा संघका ९ ओटा शाखाका पदाधिकारी र संघमा आवद्ध सदस्यहरुको बाक्लो उपस्थीति थियो । कार्यक्रममा चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि शाखालाई पनि एकताबद्ध बनाएर अघि बढ्न आवश्यक रहेको शाखाबाट उपस्थीत प्रतिनिधिहरुको भनाई थियो ।

चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेका छन् । काेषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरुको हितमा काम गर्ने उद्देश्यले काेषकाे स्थापना गरेकाे हाे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.