बर्षाको ‘ए साथी सुन’ को छायाँकन सुरु



काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै चलचित्रको छायाँकन सुरु भएको जानकारी दिएकी छन् । बिना कार्कीको निर्माण रहेको चलचित्रमा बर्षाको अलवा नव अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहनेछ ।

श्रीआइभिएन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र प्रेमकथा र समसामयिक बिषयमा निर्माण हुन लागेको हो । मदनकृष्ण महर्जनको छायाँकन र ईश्वर घिमिरे प्रोडक्सन रहेको चलचित्रका निर्देशक राघव आचार्य रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.