चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी काेष स्थापना



काठमाडाैं। चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेका छन् । काेषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरुको हितमा काम गर्ने उद्देश्यले काेषकाे स्थापना गरेकाे हाे। संघकाे २१ औं वार्षिक साधारणसभा तथा तेस्रो विधानसभाकाे उपलक्ष्यमा काेषकाे घाेषणा भएकाे हाे। प्रमुख अतिथि संचार तथा प्रबिधि मन्त्रि पार्वत गुरुङको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार संग सम्बन्धित संघ संस्थाका प्रतिनिधि,चलचित्र पत्रकार संघ नेपालको शाखा बाट आएका प्रतिनिधि,कलाकार तथा पत्रकारहरु उलेख्य उपस्थिति रहेको थियो। चलचित्र पत्रकार संघ नेपालके कल्याणकारी कोषको खाता संचालनमा ल्याई सकेको छ।

कार्यक्रममा सहभागीले काेषकाे कार्यविधि सहज बनाउन सुझाव दिएका छन्। चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव जेठ ७ गते कल्याणकारी कोषको औपचारिक घोषणा गरीने महासचिव समिर बलामीले बताए। जेठ ७ गते सम्म कल्याणकारी कोषको लागि अभियान चलाउने र कोषमा न्युनतम १० लाख देखि २० लाख पुर्याउने संघको लक्ष्य रहेको छ। कल्याणकारी कोष संचालनको लागि कार्यविधि पनि तयार गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.