प्रदीपको ‘प्रकाश’ को शुभमुहुर्त



काठमाडौँ। दिनेश रावत निर्देशित चलचित्र ‘प्रकाश’को शुभमुहुर्त गरिएको छ । मनकामना मन्दिर पुगेर चलचित्रका कलाकार, प्राविधिकले पूजा गरेका छन् । चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । प्रदीप खड्काको मुख्य भुमिका रहने चलचित्रले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने छ ।

चलचित्रमा प्रदीपको जोडी डेव्यु अभिनेत्री रेनु योगीसँग बाँधिएको छ । दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण हुने चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहनेछ । राजेश श्रेष्ठले खिच्ने चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको सिनेमामा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ ।

‘प्रकाश’ मा उत्तम न्यौपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको सिनेमालाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन् ।