चैत्र १२ देखि २४ सम्म ‘गजुरी महोत्सव-२०७७’



काठमाडौँ। धादिङको गजुरी बजारमा आगामी चैत्र १२ गते देखि २४ गते सम्म ‘गजुरी महोत्सव-२०७७’ हुने भएको छ ।

घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामाग्रीहरुलाई प्रदर्शनी मुख्य उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको साना तथा मझौला व्यवसायी महासंघ धादिङले जनाएको छ ।

गजुरी स्थित महाशक्ती होटलमा पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले गजुरी महोत्सव २०७७ को बारेमा जानकारी दिएको हो । महोत्सवबाट प्राप्त आम्दानी स्थानीय सरकारको साझेदारीमा सामाजिक कार्यमा लगानी गरिने संयोजक श्रेष्ठले बताए ।

महोत्सवमा प्रभु हेलिकटरबाट गणेश हिमाल र गोसाई कुण्ड लगायत धार्मिक एवम् पर्यटकिय स्थलको अवलोकन गर्न पाईने छ ।

साना तथा मझौला व्यवसायी महासंघ धादिङको आयोजनामा सम्पन्न हुन लागेको उक्त महोत्सवमा हेलिकप्टरबाट गणेश हिमाल र गोसाई कुण्ड लगायत धार्मिक एवम् पर्यटकिय स्थलको अवलोकन गर्न इच्छुकहरुलाई अग्रिम टिकट बुकिङ गर्न विद्यार्थी शाहले आव्हान गरेका छन् ।