यो बर्षको पहिलो ठुलो भिडन्त


(सेलिब्रेटी नेपाल) २७ बैशाख-आज सुक्रबार बाट नेपालभर चार चलचित्र रिलीज भएका छन्। साँघुरो, रिङरोड, ब्ल्याक नाइट र पहिलो माया हो मेरो नामका चार चलचित्र रिलीज भएका हुन्। नयाँ २०७० लागे पछि पछिको यो सबै भन्दा ठुलो भिडन्त हो यो वर्ष लागे पछि एकै दिन दुइ भन्दा बढी चलचित्र प्रदर्शनमा आयको थिएन ।
diya-kiss seen

साँघुरोलाई जोयस पाण्डेले निर्देशन गरेका छन्। यौन मनोविज्ञानमा बनेको चलचित्रमा सुशांक मैनाली, दीया मास्के, दयाहाङ राई, अर्पण कार्कीको मुख्य भूमिका रहेको यो चलचित्रलाई नेपाली समाजको ऐना भएको दाबी गरिएको छ। समिर मैनालीले निर्माण गरेको चलचित्रमा कथा विनोद पौडेल, छायांकन सुसन प्रजापति, गीत अविरल थापा र संगीत मदन गोपालको छ।

चलचित्र रिङरोडलाई समुद्र भट्टले निर्देशन गरेका छन्। विजयगोपाल दलीद्वारा प्रस्तुत तथा अजयगोपाल पृजा, अविता दली, सुवास श्रेष्ठ र तारा दलीद्वारा निर्मितचलचित्रमा रिङरोडभित्र हुने विभिन्न घटनालाई प्रस्तुत गरिएको छ। यौन धन्दा र चोरी डकैतीको कथा पस्किएको चलचित्रमा वसन्त रिजाल, प्रशान्त केसी, खगेश अधिकारी, उषा खरेल, जिया केसी, सुदर्शन आचार्य, समुद्र भट्टलगायतका कलाकार प्रमुख भूमिकामा रहेका छन्। चलचित्रमा रमण गायकको गीत र संगीत, देव महर्जनको द्वन्द्व र प्रकाश महतको छायांकन रहेको छ।

हीराजबाबु गोर्खालीले निर्माण गरेको ब्ल्याक नाइटलाई मधुसूदन भट्टराईले निर्देशन गरेका छन्। चलचित्रमा सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, सुरेश सिलवाल, विक्रम आदित्य, युनिका खड्का, चन्द्र नेपाली, अप्सरा घिमिरेलगायतले अभिनय गरेका छन्। चलचित्रले उत्तेजक संवाद र युवतीद्वारा युवक बलात्कृत भएको दृश्य पस्किएको छ।

पहिलो माया हो मेरोलाई भने रामजी लामिछानेले निर्देशन गरेका छन्।चलचित्रमा सुमन सिंह र झरना थापा प्रमुख भूमिकामा रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.