‘कृष्ण लीला’ को ‘डियर बन्न मन छ’ मा पुष्प,श्रद्धा,बुद्धि र रबिन्द्र



काठमाडौँ। चैत्र २७ मा प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’ शुक्रबार सार्वजनीक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ र नवीन रेग्मी फिचर्ड छन् । नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन ।

दीपक ओली निर्देशीत चलचित्रको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीत सार्वजनीक गरिएको थियो । सो गीतले एघार लाख बढी भ्यु पाइसकेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो । नयाँ बर्ष ०७८ को अबसर पारेर प्रदर्शन गर्न लागीएको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र शिब ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।

प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । चलचित्रमा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्र,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित चलचित्रको बितरक पनि आरआर फिल्मस्नै हो ।