एडल्ट सर्टिफिकेटमा रेकर्ड राख्ने होड बाजी


rakshya pujana ashok cbn next
(सेलिब्रेटी नेपाल) २६ बैशाख अहीले नेपाली चलचित्रमा कसले धेरै बेड सिन र किस सिन राख्ने भन्ने एक किसिमको प्रतिस्पर्धा चलेको छ। केहि बर्ष पहिले आफ्नो चलचित्रले एडल्ट सर्टिफिकेट पाउँदा निर्माण युनिट दुखि हुन्थ्यो तर अहिले समय बदलियाको छ। एडल्ट कसले पाउने र रेकर्ड राख्ने भन्ने होड बाजी नै चलेको छ।

दिलमाया बाट नेपाली चलचित्रको निर्देशन यात्रा सुरु गरेका निर्देशक राजु गिरिले निर्देशन गरेको तिन चलचित्र बाट एडल्ट सर्टिफिकेट पाएर ह्याट्रिक गरि सकेका छन् ।उनको बिन्दास,चन्द्रावती र रक्षा तिन वटै एडल्ट सर्टिफिकेट प्राप्त चलचित्र हुन्। पल पलमा बाट निर्देशन सुरु गरेका उकेश दाहालले निर्देशन गरेका दुवै चलचित्र पल पलमा र रिलिजको क्रममा रहेको किन किन ले पनि एडल्ट सर्टिफिकेट पाएका छन् र अब निर्माण गर्ने चलचित्र पनि एडल्ट नै हुने उकेशले बताए। उता गिरीले निर्देशन सुरु गरेको अर्को चलचित्र बिन्दास २ एडल्ट सर्टिफिकेट बिन्दासकै सिक्वेल भएकोले एडल्ट नै हुने अनुमान गर्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.