अमर वान्तुको नयाँ गीतमा पल शाह र साहारा



काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीतको छायाँकन धरानमा सम्पन्न भएको छ। गायिका मेलिना राई र गायक सत्यराज आचार्यको आवाजमा रहेको ‘गर्मि भयो धरान’ बोलको गीतमा संगीत दिनेश बान्तवाको रहेको छ।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोमा जनकदिप पराजुलीको निर्देशन रहेको छ। सागर प्रधानले छायाँकन गरेको भिडियोमा मनिता राइको कोरियोग्राफी रहेको छ। भिडियोलाई ध्रुबराज पराजुलीले सम्पादन गरि रहेका छन्। पल शाह साहारा राई लोहोरुंग र सशी राई लोहोरुंग फिचर्ड छन्। भुमिसा प्रोडक्सनका ज्योतिराज राइका अनुसार भिडियो छिट्टै नै सार्वजनिक हुनेछ।