५ युवाहरुको कथा ‘गोर्खे’ प्रदर्शनमा



काठमाडौं। ‘कोभिड १९’ कोरोना भाइरसको मारमा परेको चलचित्र क्षेत्र अब बिस्तार चलायमान बनाउने सोचका साथ आजबाट चलचित्र ‘गोर्खे’ सार्वजनिक प्रदर्शनमा आएको छ। किम्मत गौतमले निर्देशन गरेको चलचित्रले ५ युवाहरुको कथा बोल्छ। चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अस्मिता श्रेष्ठ, एन्जल श्रेष्ठ, सरोज तामाङ, सुजन थापा मगर, बालदिप राई लगायत कलाकारहरुको अभिनय छ । चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन् ।

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्मित चलचित्रमा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापाको निर्माण रहेको छ । सौरभ लामा र निरज कँडेलले छायांकन गरेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् । चलचित्रको वितरण रीच इन्टरटेन्मेन्ट,जी.जी.ए ग्रूप र एफ डि कम्पनीले गर्दैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.