‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजी



काठमाडौँ। चलचित्र चौतारीको ब्यानरमा निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि कलाकारको खोजी गरिएको छ । बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस चलचित्रका लागि मुख्य एक जना नायक र दुई जना अभिनेत्री लगाएत अन्य चरित्र अभिनेता अभिनेत्रीको पनि अडिसन हुने बताइएको छ ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता भने अनन्तमान श्रेष्ठ हुन् । निर्माण पक्षले अडिसनबाट नै चलचित्रका नायक, नायिका चयन गर्ने बताएको छ । यस चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिबार हुने निर्माण टिमले जानकारी दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.