चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन



काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन गरिएको छ । आज इटहरीको ईलाइट सिनेमा हलमा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आथित्यतामा ,हर्ट एफ एम धरानका कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद बिस्वकर्माको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन भएको हो । आज गठन भएको कार्यसमितिमा उपाध्यक्ष – मनोज दाहाल ( बिशेष अनलाइन टिभी , तरहरा एफ एम ) सचिव – सुमन भट्टराई ( फलैचा न्युज ), ससचिव शरुपा थापा मगर ( कृति टिभी ), कोषाध्यक्ष सविना बान्तवा ( रेडियो गणतन्त्र )र सदस्यहरुमा नरेन कुलुङ – ( संस्थापक , कुलुङ इनोभेसन ,फोटोग्राफर ),रविन राउत – ( इटहरी एफ एम, अनलाइन न्युज )आ र वी कटवाल ( खबर बिट अनलाइन ),राज कुमार खाती ( नेपाल टेलिभिजन ,इटहरी ),प्रशान्त पुरी ( स्याने टिभी ),सुप्रीया राई ( एरिना टिभी , इटहरी ) रहेकाछन । समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठक पछी थप गर्ने सचिव सुमन भट्टराईले बताए ।

कार्यक्रमका प्रमुख अतिथी तथा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईले नव गठित कार्य समितिलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत , चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान लगाएत थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.