एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई सुन्दरीहरुको साथ



काठमाडौँ। अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयां शाखाको उद्घाटन गरेकी छन । ठकुरी यो एजुकेसनको ब्राण्ड एम्बेसडर हुन । काठमाण्डौको नयां बानेश्वरमा रहेको नयां शाखाको उपासना सहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले उद्घाटन गरेका हुन ।

कार्यक्रममा उपासना सिंह ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नर संग जोडिन पाएकोमा प्रसन्नता ब्यक्त गरिन -‘ यो सस्थाको बिगतको कार्य नयां सोच सही लागेर मैले ब्राण्ड एम्बेष्डरको रूपमा काम गर्ने सहमति जनाएको हुं -‘ उपासनाले भनिन् भने यो सस्थाका प्रमुख सुनील उप्रेतीले पछील्लो समय यूबा दर्शकहरू माँझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड ऐम्बेष्डरको रूपमा छनौट गर्न पाएकोमा खुशी लागेको कुरा बताए ।

कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक,मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले सस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए -‘ बिध्यार्थीहरूको सन्तुष्टी नै आफ्नो सस्थाको लक्ष्य भएको कुरा बताउंदै नबराज प्रसाई , नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा ऐजुकेसन एण्ड माइग्रेसन कर्नर झन बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने कुरा तर्फ जोड दिएका थिए ।