राष्ट्रपति विद्यादेवी भण्डारीवाट ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार’ वितरण



काठमाडौं। नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्तीका अवसरमा नातिकाजी सम्मान तथा पुरस्कार वितरण गरिएको छ। सोमवार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी सम्मान तथा पुरस्कार वितरण गरेकी हुन।

राष्ट्रपति भण्डारीले बरिष्ठ वाद्यवादक नोर्बु छिरिङ्ग लामालाई नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७६ प्रदान गरेकी छन्। त्यस्तै, बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजिव, गीतकार सुरेन्द्र राना, बाद्यबादकराजु अग्रवाल, गीतकार सुनिल मास्के, संगीतकार राजु सिंह, गायक मदन सिंह नेपाली, संगीतकार मनोहर सुनाम, संगीतकार शान्तिराम राई, गीतकार चुडामणि देवकोटा र संगीतकार महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७६ प्रदान गरेकी छन्।

यस्तै, पुरस्कारतर्फ प्राश्ना शाक्य, चेतन सापकोटा, सुगम पोखरेल र दयाराम पाण्डेलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७६ प्रदान गरिएको छ । यसैगरी, मेलिना राई, वसन्त सापकोटा, सुरज थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६ प्रदान गरिएको छ । जीवीत जल्मीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार–२०७६ प्रदान गरिएको छ। विकास नाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७६, बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार–२०७६ वाट पुरस्कृत गरिएको छ।

दुई पत्रकार विदुर गिरी र श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७६ प्रदान गर्ने कार्य राष्ट्रपति भण्डारीवाट भएको छ। पत्रकार विदुर गिरी कामना मासिकका सम्पादक तथा नेपाल समाचारपत्रका समाचार सम्पादक हुनभने, श्याम स्मृत नामी साप्ताहिकका सम्पादक तथा भिजन संसार डटकमका समाचार सम्पादक हुन्।

पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले संगीत महर्षि श्रद्धेय नातिकाजी श्रेष्ठको सांगीतिक योगदानको चर्चा गर्दै सम्मान तथा पुरस्कारले स्रष्टा तथा सर्जकहरुको योगदानको कदर भएको र त्यसमा आफू सहभागी हुन पाएकोमा गौरबता प्रकट गर्न चुकिनन्।

आयोजक नातिकाजी स्मृति समाजका अध्यक्ष शंभुजीत बाँस्कोटाले संगीत महर्षि श्रद्धेय नातिकाजीको अतुलनीय योगदानको चर्चा गर्दै राष्ट्रपति भण्डारीलाई
नातिकाजीको निवास कुटुवहाल चावहिललाई नातिकाजी मार्ग घोषणा गराउन सविनय अनुरोध गरेका छन्। बाँस्कोटाले नातिकाजी स्मृति समाजको अक्षय कोषका लागि काठमाडौं महानगरपालिकाले २० लाख दिने मेयर विद्यासुन्दर शाक्यले घोषणा गरेको पनि खुलासा गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.