नेता पन्तले कोमल वलीको बिषयमा दिएको अभिव्यक्ति प्रति कलाकार संघको आपत्ति



काठमाडौँ । राष्ट्रिय सभा सांसद एवं नेकपा नेत्री कोमल ओली प्रचण्ड माधव पक्षका नेता रघुजी पन्तमाथि खनिएकी छन्। उनले ट्वीटरमार्फत पन्त निच भएको आरोप लगाएकी छन् । एक कार्यक्रममा नेता पन्तले पोइला जान पाम भन्दै पिडुला देखाएको भरमा सांसद भएको अभिव्यक्ती दिएका थिए । उनले भनेका थिए,‘कोमल ओलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो । कपाल फुलेर चाउरी पर्या बुढाबुढी कमरेडहरु न एकचोटि राष्ट्रिय सभाको सांसद बन्न पाछन् न एकचोटि केन्द्रीय कमिटीको सदस्य हुन पाछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन्।’

उनको यो भनाईलाई लक्षित गर्दै वलीले ट्वीटरमार्फत कडा आपत्ती जनाएकी छन् । उनले आफ्नो भनाई सामाजिक सञ्जाल ट्वीटरमार्फत लेखेकी छिन्, ’हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ।’उनले महिलामाथि प्रकट गरिएका दरिद्र सोचको सिकार महिलाहरु हुने गरेको उल्लेख गर्दै रघुजीलाई प्रश्नसमेत गरेकी छन । उनले लेखेकी छन्,‘पंतजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’

कोमलले एकअर्काको सम्मान गर्न नसिक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने बताएकी छन् । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको र यस्ता मानिसले गर्दा नै समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँने फेसबुकमा उल्लेख गरेकी छन् ।

यो घटना प्रति कलाकार संघको गम्भीर ध्यानाकर्षण भएको छ। कलाकार संघले एक बिज्ञप्ति जारि गर्दै आपत्ति जनाएको छ। ‘कलाकार संघका मानार्थ सदस्य, कलाकर्मी गायिका कोमल वलीको बिषयमा एकजना राजनीतिकर्मीले व्यक्त गर्नु भएको धारणा आपत्तिजनक मात्र हैन निकृष्ट ,खेदजनक र हिंसायुक्त छ । यस्को हामी निन्दा गर्दैछौ, पुर्व मन्त्री जस्को म सदैव सम्मान गर्थे,वहाँका निर्वाचन मा पुर्णरूपमा साथ दिदै आएको थिए तर कला जगतमा एउटा राम्रो छवि बनाइसक्नु एक कलाकर्मी त्यस्मा पनि देशको एक सम्मानीत नारी लाई लिएर तल्लो स्तरमा ओर्लेर जून शब्द प्रयोग गर्नु भएकोले मलाई मात्रै हैन हाम्रो सिगो क्षेत्रलाई नै चिन्तित तुल्याएकोछ, तसर्थ कुनै पनि रिस,आवेगमा पनि कलाकर्मीको चरीत्र हत्या हुने खालका अपशव्द प्रयोग कसैले पनि नगर्न नगराउन पनि हामी जोडदार अपिल गर्दछौ’, अध्यक्ष रवीन्द्र खड्का तथा नेपाल चलचित्र कलाकार संघ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.